असोज ८ गते, विरगञ्ज – राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा प्रहरीले गरेको अभद्र व्यवहारको चौतर्फी विरोध भईरहेको छ ।
प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार हो तर बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको भन्दै नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा। केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।
डा। केसीलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।
Comments