नाबालक मृत अवस्थामा फेला ।

असोज ८ गते, झापा –  झापा बिर्तामोड- ७ स्थितमा बस्ने राजु मर्डीको दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका छन ।

हिजो राती ९ बजे नाबालक जिवन घरबाट हराई बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ६ बजे सोही स्थितमा रहेको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनि मृत अवस्थामा फेला परेको भनि अस्थाई प्रहरी चौकी गरामनीमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थलमा पुगी कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *