वाल भत्कीएर किच्दा एक महिलाको मृत्यु ।

असोज ९ गते,विराटनगर –  मोरङ बिराटनगर-१५ रानी एरिया स्थितमा बस्ने ५५ बर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको छ ।

बिहिवार बिहान साढे ८ बजे कलमा पानी लिनका लागी जादै गर्दा एक्कासी सोहि स्थानमा रहेको बिराट जुटमिलको वाल भत्कीएर समिरुलाई किच्दा उनि गम्भिर घाईते भएकी थिईन ।

घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *