रुखको हांगाले लागेर एक नाबालिकाको मृत्यु ।

असोज ९ गते,सुनसरी – सुनसरी धरान-१४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर मृत्यु भएको छ ।

बिहिवार बिहान पौने १२ बजे आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा एबिसा गम्भिर घाईते भएकी थिईन ।
उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा ल्याएकोमा उपचारकै क्रममा उनको हिजै अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साथै उनीसंगै रहेकी उनकै दिदी ८ बर्षीया नेबिस राई समेत रुखको हांगाले लागी घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *