भरतपुर अस्पतालमा पानी माथि बिरामी ।

असोज ९ गते,चितवन  –  निरन्तरको बर्षाका कारण भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।

अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्तहरु पानी माथि नै बस्न बाध्य भएका छन् ।

चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्।।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ ।

चार वर्ष अघि पनि अस्पतालको स्टोर कक्षमा पानी पसेको थियो । तर बिरामी राखिएकै कोठामा पानी पसेको भने यो पहिलो वर्ष हो ।

ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीय बताउँछन् । पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ ।

लगातार दुई दिनसम्म पानी पर्दा भरतपुर अस्पतालसँगै प्रायः सबै सरकारी कार्यालयहरु डुवानमा परेका छन् । भरतपुर महानगरपालिका अधिकांश वडा पनि जलमग्न भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *