माइक्रो को ठक्करबाट पैदल यात्रीको मृत्यु ।

असोज ११ गते,झापा–  पाँचथर याङ्बरक-३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रो को ठक्करबाट मृत्यु भएको छ ।

हिजो राती सवा ९ बजे झापाको बिर्तामोड-५ स्थितमा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्रा गरिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *