कलेजो प्रत्यारोपण सर्भसुलभ बनाउन प्रधानमन्त्रीसंग भेटवार्ता ।

असोज ११ गते,विराटनगर  – कोरोना महामारीको कारण हाल स्थगित कलेजो प्रत्यारोपणको सेवा सुरु गर्न र कलेजो प्रत्यारोपणको खर्च सर्भसुलभ बनाउने प्रस्ताव लिएर सर्जन रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

डाक्टर सिंहका अनुसार सरकारले मिर्गौला, क्यान्सर लगायत अन्य ८ रोगहरुलाई सहुलियतमा उपचार दिए जस्तै कलेजो प्रत्यारोपण लाई पनि सरकारबाट सहुलियत दिए प्रत्यारोपणको महँगो खर्च कारण धेरै बिरामीले अकालमै ज्याउन गुमाउनु पर्ने थिएन । धेरै बिरामीको ज्यान जोगाउन सकिने भन्दै प्रस्ताव लिएर प्रधानमन्त्री ओलीसंग भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली पनि यो विषयमा सकारात्मक भएको र कलेजो प्रत्यारोपणलाई सर्भसुलभ बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्ने भएको डाक्टर सिंहले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *