भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहका ८२ वर्षको उमेरमो निधन ।

असोज ११ गते, विराटनगर – भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ।

लामो समयदेखि विरामी रहँदै आएका सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन ।

सिंह भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्यमध्येका एक हुन्।

आफ्नो राजनीतिक जीवनमा पाँचपटक राज्यसभा र चारपटक लोक सभा सदस्यमा निर्वाचित भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *