असोज १२ गते,काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली सडक दुर्घटनामा परि घाइते भएका छन् ।
आज बिहान पौने ८ बजेतिर स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई टेकुमा माइक्रोले ठक्कर दिदा
उनी घाइते भएका हुन् ।
घाइते स्नेहीको खुट्टा र कुमनेर चोट लागेको र हाल नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।
Comments