भर्याङबाट लडेर एक वृद्धको मृत्यु ।

असोज १२ गते,ओखलढुंगा – ओखलढुंगा मोलुङ-७ मा बसोबास गर्ने ७१ बर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik
हिजो अपरान्ह साढे ३ बजे आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको भनि आफन्तले साँझ प्रहरीमा खबर गरेको थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगी कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *