लागुऔषध सहित १ जना पक्राउ ।

असोज १३ गते,बिराटनगर –  मोरङ विराटनगर-१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।

Sushmita Shah_Abadainik

हिजो अपरान्ह ४ बजे विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर-१२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात उनि माथी चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *