होटल सञ्चालकको कुटपिटबाट ग्राहकको मृत्यु ।

असोज १३ गते,मोरङ – होटल सञ्चालकको कुटपिटबाट उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sushmita Shah_Abadainikप्रहरीका अनुसार आइतबार राति मादक पदार्थ सेवन गरी  श्रीमतीसहित होटलमा पुगेका मल्लिक र श्रीमती बिच विवाद हुँदा छुट्याउन गएका होटल सञ्चालक तामाङ र मल्लिक बिच धकेला धकेल हुँदा मल्लिक लडेर बेहोस भएका थिए ।

टाउकोमा चोट लागेर बेहोस भएका मल्लिकलाई आइतबार राति नै उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको थियो । तर बीएण्डसीले उपचार गर्न नसक्ने बताएपछि भारतको सिलिगुडी लगिएको थियो । प्रहरीका अनुसार मल्लिकको उपचारका क्रममा सोमबार राति सिलिगुडीमै मृत्यु भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *