विपीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु ।

असोज १३ गते,सुनसरी – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

Sushmita Shah_Abadainik

उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । परीक्षण गर्दा उनको असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारका क्रममा स्वास्थ्य अवश्था थप जटिल बन्दै गएपछि आईसीयूमा राखि उपचार गर्दा समेत अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *