विराटनगरमा कक्षा ११ को परीक्षा तत्कालका लागि स्थगित ।

असोज १४ गते,विराटनगर –  चौतर्फी रुपमा विरोध भएपछि विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तत्कालका लागि स्थगित गरेको छ ।
Sushmita Shah_Abadainik

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेपछि महानगरपालिकाले विद्यालय र महानगरपालिकाको समन्वयमा असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

कोरोना संक्रमणको उच्च जोखिम हुनुका साथै दशैको मुखमा अभिभावकबाट शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध जनाए पछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो । ।

महानगरपालिकाले कोरोना संक्रमण जोखिम उच्च भएकाले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । ‘चारवटा विद्यालयमा कोरोना देखिएपछि तत्कालका लागि परिक्षा स्थगित भएको र अब परीक्षा स्कुलले अनुकुल समयमा गर्ने पनि खतिवडाले जनाएका छन् ।’

विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालय छन् । जसमा २६ वटा निजी स्तरका हुन् । ती विद्यायलमा प्रदेश १ र २ का करिब ८ हजार विद्यार्थी छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *