असोज १४ गते,सुनसरी – धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना भाइरसबाट संक्रमित युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका–४, सप्तरीका ३९ वर्षीय युवक रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उच्च रक्तचाप , १० वर्षदेखि मधुमेहको र मिर्गौला रोगबाट पनि पीडित उक्त युवकको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा जस्ता समस्या देखिएपछि कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो ।
असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएलगत्तै उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखि उपचार गर्दै आएको र आज उपचारकै क्रममा मृत्यु भएको हो ।
Comments