छुट्टा छुट्टै स्थानमा लागुऔषध सहित दुई जना पक्राउ ।

असोज १४ गते,विराटनगर –  सुनसरी हरिनगरा-६ बस्ने २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन ।

अन्सारीलाई गत सोमबार ईटहरी-६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

अन्सारीले अबैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको थियो ।
नियन्त्रण पश्चात उनले बोकेको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखीएको अवस्थामा १६ सय  Nitrosun ट्याप्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

Sushmita Shah_Abadainik

यस्तै मोरङको दरैयाबाट ३६ बर्षीय दिपक तामङ लागुऔषध सहित पक्राउ परेका छन ।

हिजो साँझ पौने ७ बजे मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट SPASMO- १० चक्की , NITROVET –१० चक्की र DIALEX –Dc  बोतल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *