कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

असोज १४ गते,विराटनगर –  आज कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुष रहेका छन् ।

कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि उपचारका लागि बुधबार बिहान ११ बजेतिर कोभिड अस्पताल भर्ना गरिएका इटहरीका वृद्धको उपचारको डेढ घण्टा पुग्न नपाउँदै बुधबार १२ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Sushmita Shah_Abadainik

यसैगरी बुधबार बिहान नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएका उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *