पूजाका लागि भारत तर्फ लैजादै गरिएका दुई किशोरीको सिमाबाट उद्धार ।

असोज १५ गते,सुनसरी  – सुनसरीको भाण्टाबारी नाकाबाट भारत तर्फ लैजादै गरिएका दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।
उनीहरुलाई भारतको कुनै मन्दिरमा हुने पुजामा ध्यान गर्नुपर्ने बताए पनि अन्य बिषय भने खुलेको छैन । उनीहरुलाई पुजाको नाममा बली दिने लगिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतको सीमा सुरक्षा बल र शसस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।

बुधबार दिउँसो करिब ११ बजे कोशी गाँउपालिका ८ पूर्वी टोला नाकाबाट उनीहरुको उद्धार गरिएको हो । शंका लागि सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका चारजना पुरुषलाई अनुसन्धानकालागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sushmita Shah_Abadainik

उद्दार गरिएकामा १९ वर्षीया किशोरी सँगै अन्दाजी २२ वर्षकी अर्की किशोरी समेत छिन् ।

प्रहरीले किशोरीलाई भारत लैजाने सप्तरी कृष्ण सवरन गाँउपालिका ४ बस्ने २९ बर्षिय महम्मद साहिल मन्सुरी सहित चारजना पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुले भारतको सुपौल जिल्ला भीमनगरमा रहेको मन्दिरमा पुजारीसँग पुजामा बस्नुपर्ने बताएका थिए । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएका छन् ।
दुवै किशोरीलाई पुजामा बसे बापत जनही एकदेखि दुई लाख रुपैया दिने प्रलोभन दिइएको थियो ।

उनीहरुले प्रहरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको थियो ।
पुजाका कार्य सकिएपछि उनीहरुलाई घर फकाई दिने समेत बताइएको थियो ।

रामधुनी नगरपालिका–५ कि १७ वर्षीय किशोरीलाई  आर्थिक प्रलोभन देखाएर कन्या पुजाका लागि भारत तर्फ लादै गर्दा प्रहरीले उद्धार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *