आज बाट उपत्यका लगायत देशका विभिन्न स्थानमा छुटसहित सुपथ मूल्यका पसल संचालन ।

 

असोज १५ गते,विराटनगर – आजबाट सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सन्चालन गरेको छ । जसमा अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने व्यवस्था समेत गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो ।

काठमाडौं उपत्यकामा १६ स्थानमा र उपत्यकाबाहिर ६५ स्थानमा गरि जम्मा ८१ स्थानमा सुपथ मूल्य पसल संचालनमा हुनेछन् ।

एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् ।

आउँदो मंसिर ६ गतेसम्म छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *