बेपत्ता महिला मृत अवस्थामा फेला ।

असोज १५ गते,खोटाङ- खोटाङ केपिलासगढि-२ कुदुङ बस्ने(६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन ।


हिजो अपरान्ह ५ बजे उनि घरबाटै हराएको भनि आफन्तले खार्ताम्छा प्रहरी चौकीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान ८ बजे उनकै घर देखी करिव १२ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *