करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर झापामा १ जनाको ज्यान गयो ।

असोज १५ गते,झापा –  झापा भद्रपुर-६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएका थिए ।

वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *