बिहिवार मात्रै देशभर थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु ।

असोज १५ गते,विराटनगर –  पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं. १ मा १८५ जना सहित थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा ६२८ जना महिला छन् भने १२८९ जना पुरुष रहेका छन् ।

Sushmita Shah_Abadainik

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप  ११ जनाको  कोरोना संक्रमणबाट  मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *