ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।

असोज १६ गते,मोरङ –मोरङ उर्लावारी ९ बस्ने २९ बर्षीय देउ कुमार लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

आज बिहान साढे ६ बजे उर्लावारी जोरबाटो स्थित भित्री सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए ।
घाईते लिम्बुको वि एण्ड सी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिन ट्रक र चालक मोरङ रतुवामाई -१० का २६ बर्षीय रेवत प्रसाद सुबेदी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *