असोज १६ गते,विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा सचिवालय बैठक भोली शनिबार अपराहृन ४ बजे बोलाउने सहमति भएको हो ।
यस बैठकका बारेमा अन्य सचिवालय सदस्यहरुलाई औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन ।
सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।
सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्दै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
Comments