२५ पिस पीसी पीपीई पूर्ण सेट किट्स हस्तान्तरण

बिराटनगर :
बिराटनगर राउन्ड टेबल १०ले २५ पिस पीसी पीपीई पूर्ण सेट किट्स, मास्क, हेलमेट र जुत्ता बुट कभर कोशि आञ्चल अस्पताललाई दिएको छ । अस्पतालमा कोराना भाइरको चेक जाँच गर्ने डाक्टर नर्सहरु तथा बिरामिहरुका लागी उक्त सामाग्री बितरण गरेको हो ।

कोभिड १९ को उपचारको क्रममा थप सामाग्री आवश्य परेमा सबै स्वास्थ्य कर्मीहरुका लागी थप सहयोग गर्ने राउण्ड टेबल १० ले जनाएको छ ।
कोरोनाको उपचारका लागी बिराटनगर आएका कोरोनाका बिरामिहरुलाई समेत उक्त सामाग्रीहरु प्रयोग हुने र बिरामीहरूको प्रभावकारी उपचार गर्न उचित उपकरणको आवश्यकता हुने भएकोले सामाग्री अझै उपलब्ध गराउने योजना रहेको राउण्ड टेबल १० ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *