भारत तर्फ लैजाँदै गरेको आधा केजी सुनसहित दाजुबहिनी पक्राउ ।

असोज १६ गते,विराटनगर – गएराति भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित प्रहरीले कपिलवस्तुमा दाजु बहिनीलाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बनकछियाका ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता रहेका छन् ।
प्रहरीले उनीहरुलाई पाँच सय ग्राम सुनसहित भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

Sushmita Shah_Abadainik

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *