असोज १६ गते,विराटनगर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
उनीसंगै अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्रम्पले जानकारी दिएका छन् ।
कोरोना रिपोर्ट पोजिटिभ आएसंगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकार होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो ।
परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
Comments