असोज १६ गते,काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीसंग भेट गरेका छन् ।
यादवले विश्व अहिंसा दिवसको अवसर पारेर त्रिवि शिक्षण अस्पताल पुगेर भेट गरेका हुन् ।
यादवले चाँडोभन्दा चाँडो डा.केसीका माग सम्बोधन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
उनले डा. केसीलाई आफ्नो स्वास्थ्य अवश्था हेरेर अनशन तोड्न आग्रह गर्नुका साथै स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
१९ दिनदेखि अनसनमा रहेका डा। केसीको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गईरहेको छ ।
Comments