आवश्यक कानुनी कागजात र गुणस्तरहिन पाउरोटी उत्पादन गर्ने पाउरोटी उद्योग शिल ।

असोज १६ गते,उदयपुर – उदयपुरको गाईघाटमा संचालन भएको एक पाउरोटी उद्योग र कोक डिलर शिल गरिएको छ ।
Sushmita Shah_Abadainik

जिल्ला प्रशासन कार्यालय उदयपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटको संयुक्त अनुगमन टोलीले अवैध रुपमा संचालन गरेको गाईघाटको पिजि चोकमा संचालन गरेको रुक्सना पाउरोटी उद्योग र कोक डिलरलाई शिल गरेको हो ।

अनुगमनको क्रममा उद्योग र डिलरले अनुमति पत्र नलिएको, सरसफाई नगरिएको र लेबल पनि नलिएकाले तत्कालको लागी बन्द गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *