दुई फरार प्रतिबादी पक्राउ ।

असोज २० गते,सुनसरी –  ज्यान मार्ने उधोग र रकम ठगी गर्ने केशका दुई फरार प्रतिबादीलाई पक्राउ गरी सार्बजनिक गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ ग्रामथानका बिकास कुमार खाँ र भोजपुर अरुण- ५ याकुका सुमन कार्की क्षेत्री रहेका छन ।
Sushmita Shah_Abadainik
पक्राउ परेका खाँ ले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी तथा बिषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेका थिए ।
उनिमाथी परेको उजुरीसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसै गरी पक्राउ परेका अर्का भोजपुर घर भई ईटहरी बस्दै आएका क्षेत्रीले सोही ठाँउका एक ब्याक्तीलाई विदेश पठाई दिन्छु म एजेन्ट हुँ भन्दै उनिबाट नगद २ लाख रुपैया लिई फरार भएका थिए ।
फरार रहेका क्षेत्रीलाई गत सुक्रबार पक्राउ गरी उनि माथी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *