असोज २० गते,विराटनगर – बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुष रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार विगत पाँच बर्ष देखि ब्लड क्यान्सरको समास्याबाट ग्रसित कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
ब्लड क्यान्सरसंगै उनलाई ज्वरोको पनि समस्या देखिएपछि सोमबार दिउँसो उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो ।
उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो र उनको उपचारकै क्रममा ज्यान गएको हो ।
त्यस्तै छ दिनअघि कोरोना पुष्टि भई उपचारकै क्रममा अस्पताल भर्ना भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको हो । । मृतक पुरुष पहिला देखि नै मधुमेह ग्रसित थिए ।
Comments