प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ ।

असोज २१ गते,सुनसरी –   सुनसरीको इनरुवा ७ वर्छवा चोकबाट दुई जना प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरी हरिनगर-७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका अर्का १९ बर्षकै हरिशंकर सरदार रहेका छन ।

Sushmita Shah_Abadainik

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई मंगलवार दिउसो साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जना उपर चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको DIALEX-DC ८९ बोतल, SPASMO PROXYVON ७६८ क्याप्सुल र Nitravet ४२० ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी लागुऔषध सहित प्रकाउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *