गाउँपालिका भित्रको पाटीगत विवादले तलब नपाएपछि कर्मचारीद्वारा सेवा ठप्प ।

असोज २१ गते,झापा –  झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको बिचको पाटीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज विगत तीन महिनादेखि प्रभावित बनेको छ ।
Sushmita Shah_Abadainik

प्रशासनिक कामकाज प्रभावित बनेसँगै गाउँपालिकामा कार्यरत कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता पाएका छैन । साउन, भदौ र असोज (दसैँ पेस्की) सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रूपमै ज्ञापनपत्र बुझाइसकेका छन् ।

तर पनि कर्मचारीहरूको माग सम्बोधन हुन सकेको छैन । माग सम्बोधन नभएपछि कर्मचारीले मङ्गलवारदेखि अनिश्चितकालीन सेवा ठप्प बनाउँदै आन्दोलित बनेका छन् । गाउँपालिकामा कार्यरत सबै कर्मचारीले तलब सुविधाको माग राख्दै सोमबार सामूहिक हस्ताक्षर गरेको ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाललाई बुझाएका थिए ।

यता कर्मचारीले सेवा ठप्प बनाउँदा गाउँपालिकाको कामकाज थप प्रभावित बन्न पुगेको छ । गाउँपालिका भित्रको विवादले जनताको सेवामा अहरोत्र खटिने कर्मचारीहरूको तलब सुविधा रोक्दा समस्याले आन्दोलित बनेको लेखा अधिकृत चूडा बोहोराले जानकारी दिए । पटक पटक तलब सुविधाका लागि ध्यानाकर्षण गराए पनि माग सम्बोधन हुन नसकेपछि सेवा ठप्प पारेको उनले बताए ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले भने, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बिच गाउँ सभाबाटै दुरी बढेकोले प्रशासनिक कारोबार सञ्चालनमा अवरोध पुगेको हो, उनले भने, ‘कर्मचारीले तलब मात्र पाएका छैन, गाउँपालिकाभित्रको आर्थिकसँग जोडिएको सबै काम ठप्प छ । दसैँ अघि नै वृद्ध भत्ता दिनु पर्नेमा त्यो पनि दिने अवस्था छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *