सरकारद्वारा सबै प्रकारका परीक्षा सञ्चालन गर्न दिने निर्णय ।

असोज २१ गते,विराटनगर –   सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।

Sushmita Shah_Abadainik

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री प्रदीप ज्ञवालीले सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सवै तहका परीक्षा संचालका लागि सम्बन्धित निकायहरुलाई सैद्धान्तिक सहमति दिएको बताए ।

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको ज्ञवाली जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजिनक गर्दै मन्त्री ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई ध्यानमा राखी परिस्थिति र अवस्था अनुसार परीक्षा संचालन गर्न सकिने बताए ।

सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *