असोज २१ गते,विराटनगर – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने २० वर्षीय जिवछ रामले समालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिवछले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका-४ डाडाँजाई बस्ने २० वर्षीय सनिदेवल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
रानाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-१६ डेरा गरी बस्ने ४२ वर्षीय बिकास मण्डललाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले ती बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments