असोज २२ गते,रुपन्देही – कोरोना भाइरस संक्रमणबाट रुपन्देहीका एक वडा सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचन रहेका छन् । ।
उनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा हुँदै आएको थियो । उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नं. ५ का अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।
उनमा असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको र १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।
क्षेत्रीका अनुसार अस्पताल भर्ना गर्दा नै शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएपछि उनलाई रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो । त्यसपछि उहाँको स्वास्थ्यमा केही सुधार देखिएतापनि शनिवार बिहान एक्कासी स्वास्थ्यमा थप समस्या हाएको थियो । डाक्टरहरुले कोसिस गर्दागर्दै गएराति तुलाचनको मृत्यु भएको हो ।
वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
Comments