जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो,आफन्तले अझै शव उठाउन दिएनन् ।

असोज २२ गते, जाजरकोट –   जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ ।

सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो ।

आज जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको भने सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तहरुले अझै शव उठाउन दिएका छैनन् । मृतकका आफन्तहरुले दुर्घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उच्च स्तरीय छनबिन समिती गठन गर्नुपर्ने, मापदण्ड विपरित सड्क खन्नेलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, चालकलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै शव उठाउन नदिएका हुन् ।

चालकको लापरबाही र मापदण्ड विपरीत सडक खनेका कारण जिप दुर्घटनामा परेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *