असोज २२ गते, विराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा अहिले सम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
बिहिवार मात्र ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा १५६१ जना महिला छन् भने २८०३ जना पुरुष रहेका छन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
यो संगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६सय ८४ जना पुगेको छ । जसमा ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेशनमा छन् भने १४ हजार ९ सय ६७ जना होम आइसोलेशनमा छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७१ हजार ३ सय ४३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० जना पुगेको छ ।
Comments