अतिसबाजी (पटका) सहित दुइ जना पक्राउ ।

असोज २३ गते,सुनसरी –  सुनसरी ईटहरी-५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी  (पटका) सहित पक्राउ परेका छन ।
Sushmita Shah_Abadainik
पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन ।  विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई बिहिवार बिहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको थियो ।   नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA६७  बण्डल पटका फेला पारी बरामद गरिएको हो ।

यसरी पटका सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *