फेसबुक र वल्र्डलिङ्कको सहकार्य, ३० हजार स्थानमा निःशुल्क इन्टरनेट विस्तार गर्ने लक्ष्य ।

असोज २३ गते,विराटनगर – विश्वभर गुणस्तरीय वाईफाई पुर्याउने लक्ष्यसाथ फेसबुकले सुरु गरेको एक्सपे्रस वाईफाई अभियानअन्तर्गत नेपालमा पनि आफ्नो पूर्वाधार प्रयोग गर्न दिन फेसबुकले वल्र्डलिङ्क संग सहकार्य गर्ने भएको छ ।

विगत दुई बर्ष देखि सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्याउने लक्ष्यसाथ काम गरिहेको नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्कलाई फेसबुकले अब आफ्नो ‘प्ल्याटफर्म’ दिनेछ । यसकै उपयोग गरेर फेसबुकले निःशुल्क इन्टरनेट विस्तार गर्नेछ ।

सात महिनाअघि नै दुई कम्पनीबीच सम्झौता भए पनि बुधबार एक भर्चुअल कार्यक्रममार्फत औपचारिक सहकार्यको घोषणा गरिएको हो । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पुर्याउने योजना पनि सार्वजनिक गरेका छन् ।

Sushmita Shah_Abadainik

यसअघि १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषणा गरिसकेको वल्र्डलिङ्कले अहिलेसम्म सात हजार पाँच सय स्थानमा फेसबुकको एक्सपे्रस वाईफाई प्रयोग भएको जनाएको छ ।
सार्वजनिक स्थानमा झन् सहज र गुणस्तरीय इन्टरनेट उपलब्ध गराउने उद्देश्यलाई यो सहकार्य सहयोग पुर्याउने वल्र्डलिङ्कका प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताउनुभयो ।
इन्टरनेट भएपनि त्यसलाई म्यानेज गर्न प्ल्याटफर्म नभएकाले फेसबुकसँग सहकार्य गरेका हौँ । सार्वजनिक स्थानमा वाईफाई व्यवस्थापनमा फेसबुकले धेरै काम गरिसकेकाले यो कम्पनीका लागि पनि राम्रो अवसर भएको अग्रवालको भनाइ छ ।

भर्चुअल कार्यक्रमको क्रममा फेसबुकका तर्फबाट अमित सिंहले नेपाली प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट पुर्याउने र यसबाट थप सहयोग पुग्ने र भविष्यमा पनि इन्टरनेट पहुँच विस्तारमा कम्पनीसँग थप काम हुनसक्ने बताउनुभयो । ।

फेसबुकको पूर्वाधार प्रयोग गरेर उपलब्ध गराइने यस्तो इन्टरनेटका लागि उपलब्ध स्थानमा एकपटक दर्ता गरिसकेपछि अर्कोपटक गर्नु नपर्ने सुविधा थप भएको छ । त्यस्तै यसअघि मोबाइल फोनमा मात्र ओटीपी आउने व्यवस्था भएकामा सहकार्यपछि ह्वाट्सएप प्रयोगकर्तालाई सोही एपबाट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले मासिक पाँच लाख प्रयोगकर्ताले यस्तो सुविधा प्रयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *