‘चरी’  लाई गोली हान्ने धादिङका गुण्डा नाइके ‘राधे भण्डारी’ पक्राउ ।

असोज २३ गते,विराटनगर –   धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेपछि जनप्रतिनिधिले त्यसलाई रोक लगाउन खोज्दा भण्डारीले उल्टै धम्की दिएका थिए ।
त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारी पक्राउ परेका हुन् ।

यसअघि पनि धादिङमै उनी जेठ २३ मा हतियारसहित पक्राउ परेका थिए ।

Sushmita Shah_Abadainik
२०७१ साल साउन २१ गते भीमढुंगा प्रहरी इन्काउन्टरमा मारिएका अर्का गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई २०७० साल असार २१ गते धादिङमा गोली हानेपछि एकाएक चर्चामा आएका भन्डारी उक्त घटनामा राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *