आइसियु अभावका कारण २० बर्षिय कोरोना संक्रमित कैदीको ज्यान गयो ।

असोज २३ गते,विराटनगर –   जिल्ला कारागार मोरङका २० वर्षीय युवकको कोरोना संक्रमणका कारण कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

अस्पतालका अनुसार बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य स्थिती गम्भिर भएका उनलाई चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएता पनि अस्पतालमा आईसीयू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।

आइसोलेसनमा नै उपचार गर्ने क्रममा शुक्रबार बिहान सवा १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Sushmita Shah_Abadainik

मृतक युवक २०७६ साल माघ २१ गते देखि लागूऔषध मुद्दामा जिल्ला कारागारमा रहेका थिए ।

९१८ जना कैदी बन्दी रहेको मोरङ जिल्ला कारागारमा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *