परराष्ट्र मन्त्रालयको सचिवको कार्यभार भरतराज पौड्याललाई ।

असोज २३ गते,विराटनगर –   परराष्ट्र मन्त्रालयका निमित्त सचिव रहेका भरतराज पौड्याल सचिव नियुक्त भएका छन् ।
शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको रिक्त पदमा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिव पौड्याललाई नियुक्त गरेको हो ।

Sushmita Shah_Abadainik
मन्त्रालयको प्रवक्तासमते रहेका पौड्याल बरिष्ठताको आधारमा पनि सबैभन्दा सिनियर सहसचिव हुन् ।

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्।

बि.स. २००२ मा  उनी  परराष्ट्रको उपसचिव बनेका थिए ।  २०१० मा राहदानी विभागको महानिर्देशक भएका उनी २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि आवासीय राजदूत समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *