बैतडीमा जिप दुर्घटना, १० घाइते ।

असोज २३ गते,बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका-४, आमचौरस्थित सडकखण्डमा शुक्रबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १० जना घाइते भएका छन् ।

आमचौरबाट कुलाउतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा जिपमा सवार १० जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik
प्रहरीका अनुसार घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ ।

जिपका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *