दाङका वडाध्यक्ष न्यौपानेको निधन ।

असोज २३ गते,दाङ  –  तुलसीपुर उपमहानगरपालिका –१३ का ६५ वर्षीय वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ ।

उनलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार बिहान साढे १० बजे बाटोमै उनको मृत्यु भएको थियो ।

Sushmita Shah_Abadainik

न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।


उनको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् ।  शोक विज्ञप्ती निकाल्दै नगरप्रमुख पाण्डेले अनुभवी एवम् पाका जनप्रतिनिधिका रुपमा न्यौपानेले खेलेको भुमिकाको प्रशंसा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *