डा. केसीले तोडे २८ दिन लामो आमरण अनशन ।

असोज २५ गते,विराटनगर –   सरकार र अनशनरत डा। गोविन्द केसीबीच गए राती आठ बुँदे सहमति भएपछि डा. केसीले २८ दिनदेखि जारी अनसन आइतवार तोडेका छन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

Sushmita Shah_Abadainik

सरकारका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको सहमति पछि डा. केसीले जारी राख्नु भएको १९ औं पटकको आमरण अनशन तोडेका हुन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं पटक अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइ त्रिवि शिक्षण अस्पतालमा रखिएको थियो ।

अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डा. केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *