पाकिस्तानले पनि लगायो लोकप्रिय चिनियाँ एप ‘टिकटक’ माथि प्रतिबन्ध ।

असोज २५ गते,विराटनगर –  भारत, अमेरिकालगायतका देशहरूले प्रतिवन्ध लगाए संगै लोकप्रिय चिनियाँ एप टिकटक माथि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेकोले शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो ।

Sushmita Shah_Abadainik

मुस्लिम संस्कार अनुसार महिलाहरूले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरूको दाबी छ।

चीनसँग असल मित्रता भएपनि अनैतिक सामग्रीहरू भएको निश्कर्ष निकाल्दै बाध्यताले पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन्।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेको पाकिस्तानी अधिकारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *