अब विद्युतीय माध्यमबाट सरकारी राजश्व भुक्तानी निशुल्क ।

असोज २५ गते,विराटनगर –  कोरोनाको कहर चलिरहेका बेला सरकारी राजश्व तिर्न सहज बनाउनका लागि अब विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
Sushmita Shah_Abadainik

आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने गरी निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताएका छन् ।

यसअघि भुक्तानी सेवा प्रदायकहरुले कारोबार हेरेर ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।
पुस पछि भने सेवा प्रदायकहरुले तोकिएको शुल्क लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *