झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु ।


असोज २६ गते,झापा
– पांचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ ।
फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थितमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए । सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनि माछा मार्न भनि हिजो साझँ ६ बजे गएका थिए ।

Sushmita Shah_Abadainik
नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक तुम्बाहाम्फो आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साथै उनि संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *