नयाँ सिलिन्डर किन्दा अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघको आग्रह ।

असोज २६ गते,विराटनगर –     उपभोक्तालाई ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन पनि नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ ।
संघले सोमबार जारी गरेको विज्ञप्तिमा रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो ।

संघले तोकेको सिलिन्डरको उपभोक्ता धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा ल्याउने विभागले जनाएको छ ।
यसअघि बाग्मती प्रदेशमा मात्रै सिलिन्डरको धरौटी मूल्य लागु गरेको थियो ।

Sushmita Shah_Abadainik

नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ ।

यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी दुई हजार एक सय र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप जोडेर मात्रै ग्यास बिक्री वितण गर्ने निर्णय गरेको थियो ।

यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्याँस किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *